काठमाडौं – विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न भएको खेलमा युएईसँग नेपाल ४८ रनले पराजित भएको छ । १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमै समेटियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन जोडे । ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । ...
