कांग्रेस महामन्त्रीको मतगणना: प्रदीप पौडेल पहिलो, उदयशमशेर दोस्रो स्थानमा


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनामा प्रदीप पौडेलले अग्रता कायम राखेका छन् भने उदयशमशेर राणा दोस्रो स्थानमा उक्लिएका छन्।

पछिल्लो मतपरिणामअनुसार खुलातर्फका उम्मेदवारहरूको मत विवरण यस्तो छ :

१. प्रदीप पौडेल — १ हजार ३ सय ७० मत

२. उदयशमशेर राणा — ७ सय ८३ मत

३. अमरसिंह पुन — ५ सय ३९ मत

४. सुनिल शर्मा — ५ सय ३९ मत

महामन्त्री खुलातर्फ दुई जना निर्वाचित हुने व्यवस्था छ। हालको मतपरिणामअनुसार प्रदीप पौडेल र उदयशमशेर राणा पहिलो र दोस्रो स्थानमा छन्। राणाले अमरसिंह पुनलाई २४४ मतले पछि पारेका छन्।मतगणना जारी रहेकाले अन्तिम नतिजा आउँदासम्म उम्मेदवारहरूको मत र स्थानमा परिवर्तन हुन सक्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार