काठमाडौं – नेपाली नागरिकताको निरन्तरता, नेपालमा लगानी, वैदेशिक रोजगार, डलर खाता, सामाजिक सुरक्षा कोष, विदेशमा रहेका नेपालीको मतदान अधिकारलगायतका विषयमा ध्यानाकर्षण गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ ।
अध्यक्षहरु कुल आचार्य र डा. बद्री केसीको नेतृत्वमा शनिवार बालुवाटार पुगेको प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेट गरेको हो ।
टोलीमा गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेल, उपाध्यक्ष नरेन्द्र भाटलगायत संघका पदाधिकारीहरु उपस्थित थियो ।
निरन्तर उठाउँदै आएको नागरिकता, लगानीलगायतका विषयमा गैरआवासीय नेपाली संघले आउँदो मंगलबार सरोकारवालासँग बृहद् अन्तरक्रियाको आयोजना गर्दैछ ।
प्रधानमन्त्री देउवा उद्घाटन समारोहमा उपस्ठित रहने कार्यक्रम छ।
र्याडिसन होटलमा आयोजना हुने कार्यक्रममा नेपालमा रहेका प्रतिनिधि सहभागी हुनेछन्। विदेशमा रहेका प्रतिनिधि भने जूममार्फत प्रत्यक्ष सहभागी हुनेछन्।

565 पटक हेरिएको 




