परराष्ट्रमन्त्री र दक्षिण कोरियाका विशेष दूतको भेट

  अनलाइन हिमाल  60 पटक हेरिएको

काठमाडौं। परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग दक्षिण कोरियाका राष्ट्रपति युन सियोक योलका विशेष दूत सुङ मिन जङले भेट गरेका छन् ।

सोमबार भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ ।

गणतन्त्र कोरिया र नेपालबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री पौड्यालले नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन, बौद्ध दर्शन र सांस्कृतिका आदानप्रदान लगायतका क्षेत्रमा सहकार्य अघि बढाउन आग्रह गरेकी थिइन् ।

भेटमा सुङले ईपिएसअन्तर्गत १५ हजारभन्दा बढी नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताएका थिए । उनले कोरियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेकोसमेत बताएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार