कुवेतमा उँभौली (फोटोफिचर)

  अनलाइन हिमाल  568 पटक हेरिएको

कुवेत – यहाँ रहेका नेपालीले कामबाट समय निकालेर उँभौली मनाएका छन् । फाहाहिल कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा शालिवा श्यादर पिदार, यक्वा तङनाम, साकेला उभौली–५०८२ धुमधामसँग मनाइएको छ ।

‘भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातीको साझा अभियान’ भन्ने मुल नाराका साथ कुवेतमा क्रियाशिल तीन किरातजन्य संस्था किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाज कुवेतले उँभौली मनाउने चाँजापाँजो मिलाएका थिए ।

किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईको सभापतित्व कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्य, एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाका विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा कुवेतमा क्रियाशिल नेपाली संघसंस्थाका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवि, पत्रकार र कलाकार साथै कुवेतमा रहेका नेपालीहरु उपस्थिति रहेको थियो ।

किरात राई यायोक्खा कुवेतकी सदस्य माया चाम्लिङ राईद्वारा स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा किरात राई जातिको साकेला, लिम्बूको केलाङ, सुनवार जातिको स्याँदर नाच र अन्य सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार