काठमाडौं – खोटाङ ऐसेलुखर्कका ५ की ३२ वर्षीया मन्जु राईको मिर्गौला प्रत्यारोपण गर्न आर्थिक सहयोग जुटेको छ । किरात राई यायोक्खा कुवेत तथा दक्षिण कोरिया र रोमानियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका हुन् ।
दुवै मिर्गौला काम नलाग्ने भएकी राईलाई किरात राई यायोक्खा कुवेतले ६५ हजार ५००, दक्षिण कोरिया र रोमानियाबाट ६७ हजार रुपैयाँ गरी एक लाख ३२ हजार ५०० रुपैयाँ सहयोग जुटेको हो ।
सहयोग रकम अभियन्ता शशी थुलुङ राई (साइप्रस), सञ्चारकर्मी श्याम कुलुङ र किराया कुवेतका संरक्षक अमित चाम्लिङले उनकै निवास बुढानिलकण्ठ पुगेर हस्तान्तरण गरेक हुन् ।

473 पटक हेरिएको 




