काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा राजनीतिक हस्तक्षेप गर्न नहुँने नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले बताएका छन् । एनआरएनए अध्यक्ष पदका प्रत्यासी रबीना थापाले आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा संम्बोधन गर्दै संस्थाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन् ।
उनले एनआरएनमा देखिएको समस्या समाधान वर्तमान नेतृत्व सक्षम रहेको समेत बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने–‘नेपाली कांग्रसबाट कुनै नेताले हस्तक्षेप गर्न खोजेको छ भने त्यो निजी स्वार्थ हो । एनआरएनएको आन्तरिक मामिलालाई स्वतन्त्र रुपमा छोड्न पर्छ ।’

282 पटक हेरिएको 




