काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा हालेको छ । महाधिवेशनको विषयमा संस्थामाथि हस्तक्षेप गर्दै संस्थाको संरक्षक परिषद्लाई महाधिवेशन गराउन परराष्ट्रले पत्र नै काटेपछि अध्यक्ष कुमार पन्त असन्तुष्ट बनेका थिए ।
परराष्ट्रले पत्र काटेसँगै असन्तुष्ट बनेको संस्थाले उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गर्दै परराष्ट्र मन्त्रालयसहित सरकार विरुद्ध पहिलो पटक मुद्दा दायर गरेको संघको उच्चस्रोतले पुष्टि गरेको छ ।
सरकार विरुद्धको निवेदनमामा दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ।

293 पटक हेरिएको 




