एनआरएनए निर्वाचनः ‘सेल्फि’ नदिएका र कागजात नपुगेकाहरुलाई तत्काल अध्यावधिक गर्न आग्रह


काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को आगामि निर्वाचनको लागि ‘फेस भेरिफिकेसन’ मार्फत अनलाइन मतदानक गर्ने छ ।

निर्वाचन समितिले २० अक्टोवरमा हुने निर्वाचनमा ‘फेस भेरिफिकेसन’ गर्न अनुरोध गरेको हो ।

संघले एक विज्ञप्ती जारी गर्दै ‘सेल्फि’ नदिएका र कागजात नपुगेकाहरुलाई तत्काल अध्यावधिक गर्न आग्रह गरेको हो ।

अध्यावधिक गर्न निम्न नियम पुरा गर्न संघले अनुरोध गरेको छ ।
१. महाधिवेशन प्रतिनिधि१हरुको एनआरएनए एमआइएसमा आफ्नो नाम दर्ता भएको हुनुपर्छ ।
२. सेल्फि लिनको लागि आफ्नो मोबाइलमा Smart NRNA आप डाउनलोड गर्नु पर्छ ।
३. उक्त आपमा एकाउन्ट लगइन गरे पछि सेल्फि दिएको छैन भने त्यसको जानाकारी आउछ (तल हेर्नस) । त्यसमा किलिक् गरेर सेल्फि लिन सकिन्छ ।
४. अमेरिका र अष्ट्रेलियाका प्रतिनिधिहरुले पहिले आफ्नो नाम एमआइएसमा दर्ता गर्नु पर्छ । त्यसको लागि सम्बन्धित राष्ट्रिय समितिमा सम्पर्क राख्न अनुरोध छ ।
५. सम्बन्धित देशमा बसोबास गरेको प्रमाणित भएको कागजात पहिला बुझाउन छुटेको भए इमेल (membership@nrna.org) मार्फत पठाउनु होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार