पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा जापानका व्यवसायी अजिव गुरुङ (ओम) ले उम्मेदवारी दिएका छन्।
गुरुङले मंगलबार जापानबाट अनलाइनमार्फत संघको निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
पर्वतमा जन्मिए पनि स्याङ्जामा हुर्किएका गुरुङले विगत २० वर्षदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन्। हाल उनी नेपालमा चितवनमा बसोबास गर्छन।
गुरुङसँग एनआरएनए अभियानमा बसेर काम गरेको लामो अनुभव छ। सन् २००८ देखि नै उनी एनआरएनए अभियानमा सक्रिय छन्।
‘एनआरएनएमा लामो समय काम गरियो। यसबाट मैले सिकेको अनुभव सबैसँग बाँड्न चाहन्छु,’ गुरुङले भने। उनले २०११–१३ सम्म जापान शाखाको अध्यक्ष भएर काम गरिसकेका छन्। उनी २०१३ देखि २०१९ सम्म एनआरएनए आइसीसीको सदस्य निर्वाचित भएका थिए। उनले तीन कार्यकाल सदस्य भएर काम गरे।
तमुधी जापानको सल्लाहकार, चितवन समाज जापानको सल्लाहकार, पर्वत समाज जापानको सल्लाहकार, पर्वत समाज जापान एवं अन्तर्राष्ट्रिय पर्वत समाज उप–संयोजक भएर काम गरिसकेका उनी साथीभाइको अनुरोधपछि आफूले सचिव पदमा उम्मेदवारी दिएको बताउँछन्। उनले जापान शाखाको संरक्षक भएर पनि काम गरेका थिए।

201 पटक हेरिएको 




