काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि उपाध्यक्षका प्रत्यासी राजेन्द्रकुमार शर्मा (आरके)ले उम्मेदवारी दर्ता गराएसँगै अध्यक्षका प्रत्यासी कुल आचार्यको समुहभित्र विभाजन सुरु भएको छ । शर्माले आचार्य समुहको ह्वीपलाई अस्वीकार गर्दै शुक्रबार उम्मेदवारी दर्ता गराएका हुन् । कतारमा बस्ने उनी उपाध्यक्ष पदका बलिया उम्मेदवार हुन् ।
पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा संघलाई विभाजनतर्फ लगिएको र आचार्यले फूटमा सहयोग गरेको भन्दै समुहमा असन्तुष्टि बढेको हो । पूर्वअध्यक्ष घलेले पिपुल नेपाली ओरिजिन (पीएनओ) नामक छुट्टै संस्था खोल्ने तयारी गरेका छन् । प्रतिनिधि विवाद देखाई आचार्य समुहलाई उस्काइरहेका घलेले समानान्तर निर्वाचन समितिसमेत गठन गरेका छन् । घलेकै दवावमा आचार्य समुहका धेरै उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।

266 पटक हेरिएको 




