विराटनगर पुगेको बुद्ध एयरको विमान गियरमा समस्या भएपछि काठमाडौं फर्कियो, सुरक्षित अवतरण


काठमाडौं । ल्यान्डिङ गियरमा समस्या भएका कारण काठमाडौंबाट विराटनगरतर्फ उडेको बुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ ।

उक्त विमान विराटनगर विमानस्थलको रनवेमा अवतरण हुनै लाग्दा विमानको पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो ।

विमान विराटनगर विमानस्थलबाट काठमाडौं फर्किएको थियो ।

काठमाडौंको आकाशमा निकै बेर होल्ड भएको उक्त विमान अहिले त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार