काठमाडौं। नागरिकता प्रकरणका कारण सांसद सहितका पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ मा वैशाख १० गतेका लागि तय भएको प्रतिनिधि सभा उपनिर्वाचनमा उम्मेदवार बन्ने भएका छन्।
‘पार्टीको तर्फबाट सभापति रविजी नै उम्मेदवार बन्नुहुन्छ,’ रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले भने, ‘उहाँ हाम्रो नेता हो, उहाँकै क्षेत्रमा अरु उठ्ने कुरा रहेन।’
यसबारे भोलि बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने सम्भावना छ। पार्टी कार्यालय बसुन्धरामा सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको छ।

569 पटक हेरिएको 




