सरकारी तबरबाटै कामदार लिन मलेसिया इच्छुक

चर्को भर्ना शुल्क लगायतमा प्रश्न उठ्याे

  अनलाइन हिमाल  500 पटक हेरिएको

काठमाडौं। चर्को भर्ना शुल्क लगायतमा प्रश्न उठेपछि मलेसिया सरकारी तवरबाट नै विदेशी श्रमिक लिन इच्छुक देखिएको छ ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गरेको सम्बोधनमा विदेशी श्रमिक ल्याउँदा एजेण्ट नराखी सिधै श्रमिक लिने प्रक्रिया स्थापित गर्न आवश्यक रहेको बताएका छन् ।

नेपालबाट म्यानपावर कम्पनी र दलालमार्फत श्रमिक रोजगारीका लागि मलेसिया जाने गरेका छन् ।
मलेसियाका मानव संशाधनमन्त्री शिवकुमारले पनि रोजगारीका लागि मलेसिया आउने विदेशी श्रमिक शोषणमा नपरुन् भन्ने कुरामा ध्यान दिइनु पर्ने बताए ।

श्रोत मुलुकहरुका निजी संस्थामार्फत श्रमिक लिँदा उनीहरु चर्को भर्ना शुल्क तिर्न बाध्य भएको, यसले श्रमिकलाई शोषणमा पारिरहेको भन्दै मलेसियाको छवि अन्तर्राष्ट्रिय जगतमा बिग्रिएको मलेसियाली रोजगारदाताहरुले तर्क गरेका छन् ।

यसका लागि नयाँ उपायको खोजी सुरु भएको र सोही क्रममा गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले श्रम पठाउने मुलुकहरु नेपाल, इण्डोनेशिया र बंगलादेशको हालै भ्रमण गरेको पनि उनले एक पत्रकार सम्मेलनका क्रममा स्मरण गरेको मलेसियाको सरकारी सञ्चारमाध्यम बर्नमाले जनाएको छ ।

मानव संशाधन मन्त्री शिवकुमारले विचमा एजेण्ट हुँदा श्रमिकको लागत खर्च महँगो परिरहेको भन्दै यसका लागि अन्य विकल्पको खोजी गरिएको र उचित विकल्प दुई देशको सरकारी तवरबाट नै श्रमिक लिने रहेको बताएको समाचारमा उल्लेख छ ।

यसैबीच मलेसियाको रोजगारदाताहरुको संगठन फेडेरेसन अफ मलेसियन म्यानुफ्याचरर्स (एफएमएम)ले विदेशी श्रमिक लिने प्रक्रियामा श्रोत मुलुकमा एजेण्टहरुको संलग्नतालाई हटाउने प्रधानमन्त्री इब्राहिमको धारणाको स्वागत गरेको छ । यसमा आफूहरुको पूर्ण सहयोग हुने सो संस्थाको भनाइ छ ।

श्रोत मुलुकहरुका निजी संस्थामार्फत श्रमिक लिँदा उनीहरु चर्को भर्ना शुल्क तिर्न बाध्य भएको, यसले श्रमिकलाई शोषणमा पारिरहेको भन्दै मलेसियाको छवि अन्तर्राष्ट्रिय जगतमा बिग्रिएको मलेसियाली रोजगारदाताहरुले तर्क गरेका छन् ।

शोषणमा परेपछि बाध्यकारी श्रमको अवस्थामा श्रमिकलाई पुर्‍याउने भन्दै जसका कारण मलेसिया ट्राफिकिङ ईन पर्सन रिपोर्ट, २०२२ का टायर तीनमा परेको एफएमएमका अध्यक्ष सोह थियान लाइले बताएका छन् ।

मलेसियामा मानव बेचविखनको विषय आप्रवासी श्रमिकको बाध्यकारी श्रमको अवस्थासँग जोडिएका घटनाहरु नै बढी छन् ।
त्यसैले श्रमिक पठाउने निजि क्षेत्रका संस्थाहरुलाई हटाउनु आवश्यक रहेकोमा रोजगारदाताहरुको संगठन पनि उभिएका छन् ।
यसको बदलामा सरकारी तवरबाट नै विदेशी श्रमिक लिनु उचित हुनेमा रोजगारदाताहरु पनि सहमत देखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार