बजेटसँग सम्बन्धित दुई विधेयक राष्ट्रियसभाबाट पारित


 

काठमाडौं । राष्ट्रियसभाले प्रमुख विपक्षी नेकपा एमालेको विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ ।

सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । र समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरुको विरोध कायमै रहेको बताए ।

तर, सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथिको दफावार छलफल अगाडि बढाए । दफावार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । र सभाले दुबै विधेयक बहुमतले पारित ग¥यो ।

दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ ।

अब आजै दिउँसो २ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाले पारित गरेको संदेश पेश हुनेछ । र प्रतिनिधिसभाले सभामुख हुँदै प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ र प्रमाणिकरण भएपछि कार्यान्वयनमा जान्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार