डा बद्री केसी जो आफुलाई दुःख परेको वेला पनि समाज सेवाबाट कहिलै पछि हटेनन्


काठमाडौं । जुनबेला कोरोना महामारीले विश्वलाईनै आक्रान्त पारिरहेको थियो । देश विदेशमा मानिसहरुको मृत्युको खबर सुनिरहिन्थ्यो । त्यहि समय गैरआवासी संघ (एनआरएनए)का उपाध्यक्ष (आगामि निर्वाचनका लागि अध्यक्षका प्रत्यासि) बन्द्री केशीले पनि आफ्नी आमा गुमाउनु पर्यो । उनले आफ्नी आमा त गुमाए तर, अन्य नेपाली दाजुभाइहरुले आफ्ना आमा–बुबा तथा आफन्त कोहि पनि गुमाउनु नपरोस भने अहोरात्र खट्ने व्यक्ति हुन बद्री केसी ।

आफु शोकमा भएको बेला पनि आफ्नो जिम्मेवारी कहिलै भुलेनन् । आफु आमाको क्रियामा बसिरहदा पनि समस्यामा परेका नेपाली दाजुभाईहरुको सहयोगमा विभिन्न स्तरमा समन्वयकारी भुमिका निर्वाह गरेका छन् । धेरै ठाँउ राहत पुर्याउने तथा स्वास्थ्य सामग्रीहरु नेपाल पठाउने लगायतका काममा उनी अहोरात्र खटेका व्यक्ति हुन् ।

एनआरएनएका केन्द्रीय सदस्य नविन विकले केसीको विषयमा एक स्टाटस लेख्दै भनेका छन् बद्री केसीमाथि पूर्वाग्रही ढंगबाट हिलोछ्याप्ने काम भएको छ । चुनावको मुखमा आएर उनीमाथि हिलो छ्याप्ने काम हुनु गलत छ ।

यस्तो छ उनको फेसबुक स्टाटस
आफुलाई संसार देखाउने प्यारी आमाको मृत्युहुदा पनि राम्रो संग शोक मनाउन र रुन पनि पाएका थिएनन डा बद्री केसीले क्रियापुत्री बसेकै बेलामा नेपालमा कोरनाको आतंक उत्कर्षमा पुगेको बेलामा चीनबाट सामान नेपाल पठाउन दिर रात खटिनु भएको थियो, घन्टा घन्टामा रसिया र चीनमा म संग कुरा हुन्थ्यो राहत सामग्री किन्नलाई, चीनबाट सामान म लगाएत हाम्रो टिमले किनेर पठाए पनी, हामीलाई सामान किन्न बिभिन्न तहमा सल्लाह सुझाबहरु दिनेदेखी ,मन्त्रालयहरुमा कुरा गरेर सहजीकरण गर्ने देखी बिभिन्न देशहरुले उठाएको पैसालाई चीनमा झिकाउने लगाएतका सबै काम उहाँलेनै गर्नुभएको थियो । आफ्नी आमा गुमाए पनी कोरोनाले अरुकोही पनि नेपालीले आफ्नो ममतामयी आमाहरु गुमाउन नपोरस भनेर उहा दिन रात नभनी लाग्नुभएको म प्रत्यक्षभोगी हु । आईएलओको पैसाले धेरै एनआरएन दाजुभाई दिदी बैनीहरुको आँसु पुछ्न दिन रात खटिएको केन्द्रिए सदस्यको नाताले मैले प्रत्यक्ष देखेको छु, भोगेको छु । अहिले चुनाबको मुखमा आएर पुर्बाग्रही तरिकाले डां बद्री केसी माथी यसरी हिलो छ्यापीरहदा मेरो आत्माले चुप बसिरहन दिएन, चुनाबमा एशिया प्यासिफिकबाट सह संयोजकको उम्मेदवार भएर यसरी खुला रुपमा नबोल्न धेरैले मलाई सल्लाह नदिएका होईनन तर यसरी सत्यकुरा बोल्दा मैले हार्छु भने, यस्तो आत्मसम्मान र ईज्जतको हार म हजार चोटी हार्न तयार छु तर सत्य सत्यको साथ छोड्ने छैन। असत्य र लाचारीको सुट टाई लाएर मलाई बिजयीको सपथ खानु छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार