काठमाडौं । रोजगारीको शिलशिलामा मलेसिया पुगेर जेल परेका नेपालीहरुलाई गैर आवासीय नेपाली संघ(एनआरएनए)को पहलमा स्वदेश ल्याईएको छ । विभिन्न कारण जेल परेका १४ नेपाली (एनआरएनए)ले नेपाली दूतावास मलेसियाको सहकार्यमा स्वदेश फर्काएको हो ।
विभिन्न समयमा मलेसियाको जेलमा परेका नेपालीहरुलाई एनआरएनएले हवाईटिकट तथा घरसम्म जानका लागि सेवा उपलब्ध गराएपछि उनीहरु स्वदेश फर्कन सफल भएका हुन् ।
एनआरएनएको कोभिड १९ राहत तथा उद्धार कार्यक्रम अन्तर्गत उनीहरुलार्ई स्वदेश ल्याउन र घरसम्म पुग्नका लागि सम्पूर्ण सहयोग गरेर ल्याइएको प्रोजेक्ट मेनेजर सुजता शर्माले जानकारी दिइन् ।
शुक्रवार स्वदेश फर्कनेहरुमा बाहुनडाँगी झापाका निर्मल पोखरेल, कमल भट्टराई, खजुरा–६ (सुर्खेत), किशन राई, थितिंगा–६ (भोजपुर), धिरज कुमार झा, छिरेसनाथ–२ ( धनुषा), क्षेत्र बहादुर तामाङ, झर्लाङ्ग–१ (धादिङ), रामबिर तामाङ, जौबारी–३ (पाँचथर), रामजी महत्तो, सोनापुर–२ (सुनसरी), विशाल पुरवार, नेपालगंज–४ (बाँके), सुनिल कुमार यादव, राजविराज–९ (सप्तरी), भक्त बहादुर मोक्तान, निजगढ–५ (बारा), शिवकुमार सरदार, महुलिया–५ (सप्तरी), हरेराम परियार, (गोरखा) राजकुमार लो (मकवानपुर) र यज्ञबहादुर वि.क.(दाङ) रहेका छन् ।

250 पटक हेरिएको 




