एनआरएनए- ‘उमेदवार बनेका साथीहरुविरुद्ध साईबर व्युरोमा उजुरी हालेकोले पनि अब निर्वाचन हुन्छ’


काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)मा अब दुई वटा मात्र विकल्प रहेको एनआरएनए अभियन्ताले बताएका छन् ।

अध्यक्ष कुमार पन्तसँग अब निर्वाचन गराउने वा खारेजीमा पर्ने भन्ने दुई बिकल्पमात्रै रहेको अभियान्ताहरुले बताएका हुन् । अध्यक्षमा प्रत्यासी डा. बद्रि केसीले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा एनआरएनएका महासचिव डा. हेमराज शर्माले ‘निर्वाचन गर्ने वा खारेजीमा पर्ने’ दुई बिकल्प मात्रै अध्यक्षसँग भएको उल्लेख गर्नुभएको छ ।

शर्माले भन्नुभयो– अध्यक्ष पन्तले असन्तुष्टहरुको माग सबै पुरा गर्नुभएकै छ । दिन सक्नेजति केहि बाँकी राख्नुभएन । सकिनेजति सबै दिनुभएकै हो । खाली विधान बिपरित उहाँहरुले मागेजसरि प्रतिनिधि मात्रै दिन सक्नुभएन । शर्माले भन्नुभयो – ‘कार्यकारी अध्यक्षका हिसाबले आफैंले नेत्रित्व लिएर पाँच सदस्यिय कमिटीले दिएको सुझावलाईनै मानेर निर्वाचनको निर्णय गर्छु अव कुनै विकल्प नहुने भयो पन्तले भन्नुभएको छ ।’

सात सदस्यिय विवाद समाधान उच्च स्तरिय समितिले सन्दर्भ सर्तहरू (टिओआर) सात सदस्यियलेनै बनाएको, यहि समितिलेनै अर्को तिन सदस्यिय उपसमिति बनाएको र त्यो बिज्ञ कमिटीले बनाएको रिपोर्ट बाहिरको निर्णय गर्नसक्ने अधिकार सात सदस्यिय समितिसित नरहेको भनाईपनि शर्माको भनाई छ ।

शर्माले अध्यक्ष कुमार पन्त अति लचिलो र सबैलाई मिलाएर लैजानकालागि धेरै छलफल गर्ने, सबैका कुरा सुन्ने र सहमतिकालागि धेरै समय र उर्जा खर्चिएको बताए ।

‘‘अब निर्वाचन हुन्छ भन्ने भएपछि नेपाल प्रहरीमा गएर साईबर अपराधको नाममा हतकण्डा अपनाईएको छ । उमेदवार बनेका साथीहरुविरुद्ध साईबर क्राईम भन्दै उजुरी हालेकोलेपनि अब निर्वाचन हुन्छ भन्ने बुझ्नुपर्छ ।’– शर्माले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार