काठमाडौं । गैरअवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन नजिदै जादा अध्यक्षका प्रत्यासी कुल आचार्यले आर्थिक चलखेल गरेको खुल्न आएको छ । बैंकमा खाता नै खोलेर आफ्ना उम्मेद्वारसँग लाखौं रकम असुल गरेको पाइएको छ ।
गोप्य स्रोतका अनुसार १० औं महाधिवेशनमा प्रचार प्रसारको लागि भन्दै आचार्य समूह आफ्नै टिमका उम्मेद्वारलाई लाखौं रुपैँया पैसा मागेका हुन् ।
उक्त स्रोतमा अनुसार उम्मेद्वारलाइै रकमै तोकेर आचार्य टिमले रकम माग गरेको हो । आचार्यले सचिव र कोषध्यक्षको लागि ३० लाख, सहकोषध्यक्ष पदका लागि २० लाख, संयोजकका लागि १० लाख, क्षत्रीय संयोजजका लागि ५ लाख, क्षेत्रीय उपसंयोजका लागि ३ लाख, युवा क्षेत्रीय उपसंयोजक २ लाख र युवा तथा महिला क्षेत्रीय उपसंयोजकक लागि १ लाख रुपैयाँ चन्दा अनिवार्य गरेका छन् ।
आचार्य समुहले सो रकम राजनीतिक दलका लागि भन्दै असुल गर्न थालेको स्रोतको दाबी छ । आचार्यले चन्दा नदिनेलाई टीमबाटै आउट गरेका छन् । यस हिसावले आचार्यको आर्थिक संकलनका विषयमा उम्मेद्वारले भने आशंका गरेको बुझिएको छ ।

206 पटक हेरिएको 




