काठमाडौं – आउँदो बुद्ध पूर्णिमाको दिनदेखि कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा दैनिक उडान भर्ने भएको छ । उसले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा सात वटा उडान गर्ने भएको हो ।
जजिराले अहिले काठमाडौंमा नियमित उडान गर्दै आइरहेको छ । आउँदो जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि दिनहुँ एक उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको हो ।
जजिरासँगै श्रीलंकाको श्रीलंकन, थाइल्याण्डको थाइ स्माइल र नेपाल एयरलाइन्स विमान कम्पनीले पनि उडानको लागि प्रस्ताव गरेका छन् ।