काठमाडौं – एचआरडी कोरियाले त्यहाँको रोजगारीका लागि ९ हजार ६५४ जना नेपाली कामदारको माग खुलाएको छ ।
कोरियाले नेपाली कामदारको माग गरेकोबारे वैदेशिक रोजगार विभागअन्तर्गत इपीएस शाखाले सोमबार सूचना प्रकाशन गरेर जानकारी गराएको हो ।
रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत कोरियन भाषा परीक्षा पास गरेर नेपाली कामदार दक्षिण कोरिया जान पाउने छन् ।
कोरियाले उत्पादनमुलक कामका लागि ६ हजार ९१४ र बाँकी कामदार कृषि तथा पशुपालनतर्फ लैजाने छ ।
कृषि तथा पशुपालनतर्फ उत्तीर्ण भएकाहरुले सन् २०२२ भित्रै दक्षिण कोरियामा रोजगारी पाउनेछन् । उत्पादनमुलकतर्फ उत्तीर्ण भएकाहरुले भने सन् २०२३ मा मात्रै रोजगारीको अवसर पाउने छन् ।
वैशाख २६ देखि भाषा परीक्षा
आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा हुने भएको छ । यस्तै जेठ २४ देखि असार १६ सम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ ।
उत्पादनमुलक क्षेत्रको पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म भाषा परीक्षा हुने इपीएस कार्यालयले जनाएको छ ।

288 पटक हेरिएको 




