साउदीका राजकुमार काठमाडौंमा


काठमाडौं – साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आएका छन् । चार्टर्ड जहाजमा काठमाडौं आएका साउदलाई सोमबार बेलुका त्रिभुवन विमानस्थलमा परराष्ट्र सचिव भरत पौड्यालले स्वागत गरे ।

मंगलबार दिउँसो उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भोली बिहान १० बजे साउदले नेपाली समकक्षी नारायण खड्कासँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि नेपाल र साउदबिच जनरल कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । विदेश मन्त्री साउद भोली नै स्वदेश फर्कने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार