काठमाडौं – अब नेपालमा शाखा कार्यालय खोल्न चाहने विदेशी बैंक तथा वित्तीय संस्थालाई दुई करोड अमेरिकी डलर वा सो सरहको चुक्ता पुँजी भए पुग्नेछ ।
विदेशी बैंक तथा वित्तीय संस्थालाई नेपालमा शाखा खोल्न सहज हुने गरी नेपाल राष्ट्र बैंकले सहज नीति बनाएसँगै विदेशी बैंकहरुलाई नेपालमा शाखा खोल्न सजिलो भएको हो । राष्ट्र बैंकले विदेशी बैंक शाखा अनुमति नीति, २०२२ जारी गर्दै चुक्ता पुँजीको सीमा घटाएको छ ।
अहिले नेपालका वाणिज्य बैंकहरुको चुक्ता पुँजी कम्तिमा आठ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । विदेशी बैंक तथा वित्तीय संस्थाहरुले शाखा खोल्न चाहेमा पनि नेपाली वाणिज्य बैंकहरुको जति नै चुक्तापुँजी चाहिने व्यवस्था थियो ।

418 पटक हेरिएको 




