युएईसँग नेपाल ४८ रनले पराजित


काठमाडौं – विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न भएको खेलमा युएईसँग नेपाल ४८ रनले पराजित भएको छ । १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमै समेटियो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन जोडे । ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन ।

आसिफ सेख ७, दीपेन्द्रसिंह ऐरी ४, सोमपाल कामी र करण केसी ६–६ र सन्दीप लामिछाने ७ रनमा आउट भए । आरिफ सेख, कमलसिंह ऐरी र सागर ढकालले खाता नै खोल्न सकेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार