एक महिनाभित्रमा नेपाल र सिसेल्सबिच श्रम सम्झौता हुने

अहिले १२ सय ५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीको क्रममा रहेका छन्

  अनलाइन हिमाल  180 पटक हेरिएको

सिसेल्स – नेपाल र सिसेल्सको द्धिपक्षीय हित तथा आपसी सम्बन्धबारे छलफल भएको छ । भ्रमणका क्रममा सिसेल्समा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग भेटवार्ता गरेका छन् ।

फ्यानकोटसँगको भेटमा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौता टुंगोमा पुर्‍याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ । रोजगारीका लागि नेपाली कामदार लैजान सिसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिनुभयो ।

न्युनतम् योग्यता, भाषागत क्षमता, न्युनतम पारिश्रमिक लगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्ती लगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्नेछ । कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले नेतृत्व गर्नेछन् ।

अहिले १२ सय ५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीको क्रममा रहेका छन् । त्यहाँ सुरक्षागार्डका रुपमा धेरै नेपाली कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही श्रमिकहरु कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार