ऐकमत्य पछि एनआरएनएका दुई पक्ष एउटै मञ्चमा

आउँदो महाधिवेशनले विधान संशोधन गरेर एकभन्दा बढी अध्यक्ष हुन सक्ने बाटो खोल्नेछ । त्यसैमा विवाद सहमतिको विन्दुमा पुगेको हो

  अनलाइन हिमाल  368 पटक हेरिएको

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनरआएनए)मा महाधिवेशनले निर्णय गरे अनुरुप अध्यक्षहरु राख्ने सहमतिसँगै लामो समयदेखिको विवाद तत्कालका लागि टुंगिएको छ ।

आउँदो महाधिवेशनले विधान संशोधन गरेर एकभन्दा बढी अध्यक्ष हुन सक्ने बाटो खोल्नेछ । त्यसैमा विवाद सहमतिको विन्दुमा पुगेको हो ।

पत्रकार सम्मेलनको आयोजना गरेर संघका अध्यक्ष कुमार पन्तले आफू सहमतिकै पक्षमा रहेको बताए । महाधिवेशन सर्वोच्च निकाय भएका कारण त्यहाँ नै अध्यक्षका प्रत्यासीहरुले आफ्नो प्रस्ताव राख्ने र प्रतिनिधिले निर्णय गर्ने बताए ।

अध्यक्षका प्रत्यासी बद्री केसीले सहमतीय प्रणालीबाट नेतृत्व छान्न अध्यक्षका तीनैजना प्रतिस्पर्धी सहमत भएको विज्ञप्ती पढेर सुनाउँदा अर्का प्रत्यासी कुल आचार्यले सहमति जनाए । अध्यक्षकै दौडमा रहेकी रविना थापाले सहमति भए आफू बाधक नबन्ने बताइन् ।

सहमति जुटेपछि शेष घले पक्षको छुट्टै महाधिवेशन रोक्ने र अदालतमा रहेको मुद्दा पनि फिर्ता लिएर तोकिएकै समयमा चुनाव गर्ने तथा त्यसपछिको महाधिवेशन एकताको महाधिवेशनको रूपमा गर्न दुवै पक्ष सहमत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार