काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन रोक्न उच्च अदालत पाटनबाट जारी भएको अन्तरिम आदेश खारेज भएको छ ।
प्रतिनिधि छनौटमा धाँधली भएको भन्दै निर्वाचन रोक्नुपर्ने मागसहित चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले रिट दायर गरेका थिए । त्यही रिट निवेदनका आधारमा उच्च अदालत पाटनले तत्काल चुनावी प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो ।
रिट दायर गरेका सापकोटा र पुडासैनीले नै मेलमिलाप भइसकेको र चुनावी प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरिराख्नु नपर्ने भनी निवेदन दिएपछि मुद्दा खारेज गरिएको उपरजिष्ट्रार अमृता शर्माले बताइन् ।
एनआरएनएको महाधिवेशन २६ र २७ मार्चमा हुँदैछ ।

450 पटक हेरिएको 




