भलामान राईको उपचारका लागि संकलित रकम हस्तान्तरण


काठमाडौं । भलामान राई उपचारको लागि संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरेको छ ।

चावहिल स्थित सत्कार रेस्टुरेन्टमा सहयोग संकलन भएको रकम जम्मा ( रु ५६४७३२ ) पाच लाख चौसठी हजार सात सय बत्तीस रुपैया संयोजक बलिराज खम्बुले आज उहाको छोरी विपना राईलाई हस्तान्तरण गर्नुभएको हो।

उपचार सहयोग समितिका ६ सदस्यहरु मध्य संयोजकमा समाजसेवि बलिराज खम्बु सदस्यहरुमा समाजसेवि, राजनीतिज्ञ, चलचित्र निर्देशक, मुन्धुम स्तारका संचलक सुमन बाङदेल, समाजसेवि इन्द्र चाम्लिङ राई समाजसेवी प्रकाश दुमी राई, समाजसेवि राकेश चाम्लिङ राई, समाजसेवी रवि चाम्लिङ राई र हङकङमा समिति गठन भएको थियो यसै समितिको पहलमा नेपाल लगायत विभिन्न देश र हङकङबाट सहयोग संकलन गरेको थियो ।

आज नेपाल लगायत विभिन्न देशमा रहेको मनकारी नेपालीहरुले गरेको सहयोग हस्तान्तरण गरेको छ भने विविध प्राविधिक तथा स्वस्थाको करणले हङकङमा संकलित रकम तिन लाख नब्बे हजार केही दिन भित्रमा हङकङ समितिले विरामीको छोरी विपना राईलाई हस्तान्तरण गर्ने जानकरी दिनुभयो ।

देश विदेशमा रहेको ४४ जनाको सहयोग संकलन भएको थियो र ७० जनाले सहयोग गर्ने प्रतिबद्धतामा भलामान राई बचाउन नसकेकोले उहाँहरुको रकम संकलन रोकिएका थियौ भन्दै सहयोगि मनहरुले दिएको सहयोग रकम हस्तान्तरण गर्न केहि ढिलाई भएको बताइएको छ ।

समितिका सदसयहरु तथा संयोजकले बाकी दिनहरुमा भलामानको छोरी जेठी र कान्छीलाई उच्चशिक्षाको लागि पहल गरेको र कान्छीलाई सहयोग गर्ने मनकारी सहयोगि दाताले आर्थिक सहयोग गर्ने बचन दिएको छ र जेठी विपनाको लागि पनि आवश्यक पहल गर्ने बचन ब्यक्त गर्दै आर्थिक समस्या भएमा कुनै समयमा पनि हामीलाई जानकारी दिनु र हामीले सकेको सहयोग गर्ने छौ भन्दै बलिराज खम्बुले प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार