काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन स्थगित भएको छ । संघको शनिवार बसेको बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेसँगै निर्वाचन स्थगित भएको हो ।
संघका अध्यक्ष कुमार पन्तले कार्यसमितिका सदस्यहरुको भावना अनुरुप संघको निर्वाचन नोभेम्वर ३० तारिख भित्र गर्ने घोषणा गरे ।
बैठकलाई सम्वोधन गर्दै अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयको पत्रकै कारणले समयमा १० औं महाधिवेशन गर्न नसकिएको प्रष्ट पारे । उनले मन्त्रालयकै कारणले वर्तमान कार्यसमितिले आफ्नो म्याद थप्न बाध्य भएकोसमेत बताए ।
यस्तै बैठकले महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसंगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ ।

428 पटक हेरिएको 




