काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८० औं बैठक संघको संरक्षक परिषदको म्याद नथपि टुंग्गीएको छ । संघको एक पदाधिकारीका अनुसार प्रमुख संरक्षक शेष घले रहेको सो परिषदको म्याद थप्ने विषयमा विधानमा कुनै व्यवस्था छैन् त्यसै कारणले उनीहरुको म्याद नथपिएको हो ।
विधानले कार्यसमितिको म्याद मात्र ६ महिना बढाउन पाउने व्यवस्था गरेको छ ।
संरक्षक परिषदले सबै अधिकार लिन खोजियो
शनिवार बसेको बैठकलले प्रतिनिधि विवादका सम्बन्धमा संरक्षक परिषदले कार्यसमितिको अधिकारसमेत खोजेको आरोप लगाएका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले भने– ‘संरक्षक परिषदलाई हामीले सहयोग मागेका थियौं तर उहाँहरुले कार्यसमितिको सम्पूर्ण अधिकार लिन खोज्नुभयो। निर्वाचित कार्यसमितिको अधिकार हनन् गर्न खोजियो,’ बैठक संघका अध्यक्ष कुमार पन्तले बैठकमा भनेका थिए ।’
यसअघि संघका प्रमुख संरक्षक शेष घलेले विवाद समाधानका लागि कार्यसमितिको सम्पूर्ण अधिकार दिनुपर्ने माग गर्दै पत्र पठाएको अध्यक्ष कुमार पन्तले बैठकमा जानकारी गराएका थिए।
एनआरएनए उच्चस्रोतका अनुसार घलेले कार्यसमितिको सम्पूर्णअधिकार आफ्नो हातमा लिन खोज्दै संघलाई ५ बुँदे पत्राचार गरेका थिए ।
संघको विधान अनुसार कार्यसमिति नभएको अवस्थामा मात्र संरक्षक परिषदको भूमिका कल्पना गरिएको छ तर घलेले अध्यक्षका प्रत्यासी डा. बद्री केसीलाई जुनसुकै हालतमा पनि रोक्ने भन्दै कुल आचार्य समूहको प्रचारमा लागे पछि संरक्षक परिषदको भूमिका माथिनै प्रश्नचिन्ह उठेको थियो । घलेले यसअघि डा. केसीलाई मानहानीको मुद्धा हाल्ने भन्दै धम्काएका थिए ।
पछिल्लो समयमा संघको निर्वाचन भाड्ने अभियान घले पत्नि जमुना गुरुङ समेत सकृय रहेको बुझिएको छ । उनी कुल आचार्य समूहको जुमबैठकमा उपस्थित भएर निर्देशन दिने गरेकी छन् ।
संघको स्रोतले भन्यो संरक्षक परिषद सेरोमोनिलयल हो तर प्रमुख संरक्षकले पावर एक्सरसाइज गर्न खोज्दै हुनुुहुन्छ त्यो गलत प्रथा बस्न जान्छ त्यसैले उहाँहरु अहिले न्यूटल बस्दा राम्रो हुन्छ ।
अध्यक्ष पन्तले संघभित्रको विवाद मिलाउन वर्तमान कार्यसमिति समक्षम रहेको भन्दै परराष्ट्र मन्त्रालयको पत्रले निर्वाचन गराउन नौतिक रुपमा अप्ठ्यारो परेको बैठकमा बताएका थिए ।
यसैबीच गैरआवासीय नेपाली संघका केही राष्ट्रिय समितिहरुले प्रमुख संरक्षक शेष घलेलाई प्रमुखअतिथि बनाएर यही अक्टोवर महिनामा आयोजना गर्न लागेको राष्ट्रिय अध्यक्षहरुको भेला अवैधानिक हुने भएको छ । आयोजक मध्येको एक गैरआवासीय नेपाली संघ अमेरिकाको कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले अवैधानिक ठहराएको छ ।
परराष्ट्र मन्त्रालयको पत्रअनुसार युके, फ्रान्स, जापान लगायत आदी दर्जन देशका राष्ट्रिय समितिका अध्यक्षहरु अवैधानिक ठहर गरिएको छ । संघको अध्यक्ष प्रत्यासी कुल आचार्यले परराष्ट्र मन्त्रालयको पत्र विधान अनुरुप भएको भन्दै कार्यान्वयको लागि जोड दिएका छन् ।

215 पटक हेरिएको 




