एनआरएनएको महाधिवेशन रोक्न जारी भएको अन्तरिम आदेश खारेज

रिट दायर गरेका सापकोटा र पुडासैनीले नै मेलमिलाप भइसकेको र चुनावी प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरिराख्नु नपर्ने भनी निवेदन दिएपछि मुद्दा खारेज गरिएको उपरजिष्ट्रार अमृता शर्माले बताइन्

  अनलाइन हिमाल  451 पटक हेरिएको

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन रोक्न उच्च अदालत पाटनबाट जारी भएको अन्तरिम आदेश खारेज भएको छ ।

प्रतिनिधि छनौटमा धाँधली भएको भन्दै निर्वाचन रोक्नुपर्ने मागसहित चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले रिट दायर गरेका थिए । त्यही रिट निवेदनका आधारमा उच्च अदालत पाटनले तत्काल चुनावी प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो ।

रिट दायर गरेका सापकोटा र पुडासैनीले नै मेलमिलाप भइसकेको र चुनावी प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरिराख्नु नपर्ने भनी निवेदन दिएपछि मुद्दा खारेज गरिएको उपरजिष्ट्रार अमृता शर्माले बताइन् ।

एनआरएनएको महाधिवेशन २६ र २७ मार्चमा हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार