कोरोनाः २४ घण्टामा ७३४ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

१ हजार ४१३ जना कोरोना संक्रमणमुक्त


काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा वितेका २४ घण्टामा थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ३०४ जनाको पीसीआर परीक्षणमा ६५६ र २ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ हजार ४१३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार