काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएाए)का अध्यक्षका प्रत्यासी डा. बद्री केसीको टिमले शनिवार चुनावी सभाको आयोजना गर्ने भएको छ । उक्त टिमले भर्चुअल माध्यमबाट चुनावी सभा गर्ने भएको हो।
१० औं अन्तराष्ट्रीय महाधिवेशन तथा निर्वाचन बारे भै रहेका प्रगतिबारे जानकारी उदेश्यले भेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
डा. केसीले भचुअल सभामा सबैलाई सहभागी हुने केसीले आग्रह गरेका गर्नुभएको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघको आगामी निर्वाचनको लागि प्रत्यासी उम्मेदवारहरुले आआफ्नो भनाइहरु राख्ने छन् ।
संघको निर्वाचन २१ र २२ मार्चमा हुने कार्यतालिका सार्वजनिक गरिएको छ ।

267 पटक हेरिएको 




