काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए) अध्यक्ष पदका प्रत्यासि डा. बद्री केसीले संस्था भित्र राजनीति घुसाएर संस्थाको बदनाम गर्न थालेको बताएका छन् । विशुद्ध संस्थामाथि १८ वर्षे इतिहासमा पहिलो पटक राजनीति घुसाएर समयमा निर्वाचन गर्न नदिएको उनले आरोप समेत लगाएका छन् ।
भर्खरै प्रधानममन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणका अर्का प्रत्यासि कुल आचार्यले अध्यक्ष पद जित्ने विश्वास लिएका भन्दै व्यक्ति विशेष आभिव्यक्ति दिनु झनै गलत भएको पनि केसीले बताएका छन् ।
आफ्नो नेतृत्वमा निर्वाचनमा भाग लिन लागेको टिमले बिहीबार भर्चुअल रुपमा गरेको तिहार शुभकामना साँझमा शुभकामना व्यक्त गर्दै उपाध्यक्ष डा केसीले भने– ‘प्रधानमन्त्री शेरवहादुर देउवाले व्यक्ति विशेषलाई जिताउन विज्ञापन हिड्ने काम भयो । ठुला राजनीतिक दलले धेरै मुलुकमा क्षेत्रगत जिम्मेवारी दिएर नाम तोक्दै व्यक्ति विशेषलाई चुनाव नै जिताउनु पर्छ भनेर लाग्नु अनि देशको प्रधानमन्त्री जस्तो व्यक्तिले त्यहीं व्यक्तिको विज्ञापन गर्नु अवश्य ठिक होइन ।’,
एनआरएनएमा आवद्ध केही व्यक्तिकै कारण १८ बर्षमा पहिलो पटक चुनाव हुन नसकेको जनाउदै डा. केसीले भने, ‘एनआरएनएमा निर्वाचनमा विजयी हुनका लागि कुनै राजनीतिक पार्टीको टिका लगाउन जानु पर्ने वातावरण हाम्रै केही साथीहरूले बनाइ रहेका छन् । यो हामी आफैले बनायौ । यसलाई राजनीतिमुक्त बनाउनु पर्छ ।’

310 पटक हेरिएको 




