डब्लिन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आरल्याण्ड र नेपाली जनजाती महासंघले दसै तिहार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आयरल्याण्डको डब्लिनमा भएको कार्यक्रममा विभिन्न ख्याति प्राप्त कलाकारहरुको सहभागितामा कार्यक्रम गरेको हो ।
नेपाली कला संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने उदेश्यले आयोजना गरेको कार्यक्रममा एनआरएनए युरोप क्षेत्रीय सहसंयोजक शुक्रराज न्यौपाने, एनआरएनए पोचुगलबाट आइसिसी सदस्या नारायाणकाजी मगर, एनसिसी आयरल्याण्डका पूर्व अध्यक्षराजन काफ्ले लगातको सहभागिता थियो ।
एनआरएनए आयरल्याण्डका अध्यक्ष विनोद कार्कीको अध्यक्षमा सम्मपन्न कार्यत्रममा विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो ।

286 पटक हेरिएको 




